फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैङ्क नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरूको प्रदर्शनी करिब १८ हजार दर्शकले अवलोकन गरे ।

फोटो प्रदर्शनी राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, उद्यमी, विद्यार्थी, पत्रकारलगायतका विभिन्न क्षेत्रका दर्शकहरूले अवलोकन गरेका थिए । प्रदर्शनी काठमाडांैको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म चलेको थियो ।

फोटो प्रदर्शनीमा ३एक्सपिरिएन्स नेपाल, कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटाहरू राखिएका थिए ।

नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, ३एक्सपिरिएन्स नेपाल कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ ओटा फोटोकथाका ५ सय २० फोटाले प्रतिस्पर्धा गरेका थिए ।

वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, वरिष्ठ फोटोपत्रकार चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठको फोटोले जितेको थियो ।

विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा यी फोटाहरूकोे प्रदर्शनी यसै वर्ष गरिनेछ ।