हालै मात्र सञ्चालनमा आएको अनलानमार्फत सेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीबीच सम्झौता गर्नुपर्ने भएको छ । धितोपत्र दलाल व्यवसायीहरुको संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालले लगानीकर्तासँग दलाल व्यवसायीले गर्ने सम्झौताको प्रारुप सार्वजनिक गरेको छ ।
एसोसिएसनले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपविनियम १० सँग सम्बन्धित भन्दै कारोबार प्रथम पक्ष र दोस्रो पक्षबीचको सम्झौताको प्रारूप सार्वजनिक गरेको हो । लगानीकर्ताले यही प्रारूपबमोजिम ब्रोकरसँग सम्झौता गरेपछि मात्रै ब्रोकरले लगानीकर्ताको आदेशअनुरुप कारोबार प्रणालीमा तथ्याङ्क प्रवेश गराउने उल्लेख छ ।
कात्तिक २० गतेदेखि ब्रोकरहरुले प्रयोग गरेको अनलाइन प्रणाली मङ्सिर २ गतेदेखि लगानीकर्ताले पनि प्रयोग गर्न सक्ने बताइरहेका बेला ब्रोकर एसोसिएसनले भने सम्झौताको प्रारुप सार्वजनिक गरेको हो । सेयर खरिदबिक्रीका लागी लगानीकर्ताले फोन नम्बर, मोबाइल नम्बर, इमेल, युजरनेम, ब्रोकरको बेभसाइट र अन्य विद्युतीय माध्यबाट आदेश दिन सम्ने व्यवस्था छ । यी विभिन्न माध्यमबाट आएका खरिदबिक्री आदेशलाई ब्रोकरले वैधानिक मान्यता दिएर प्राथमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्टि गराउनुपर्नेछ ।
लगानीकर्ता र ब्रोरकबीच हुने सम्झौताको प्रारुप जस्ताको तस्तै
(धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ को उपविनियम १० संग सम्वन्धित)
कारोवार प्रथम पक्ष र दोस्रो पक्षविचको सम्झौता
यो सम्झौता (यहाँ उप्रान्त सम्झौता भनिने छ) आज ............बार, मिति .....................का दिन एक पक्षको रुपमा रहेको कम्पनी रजिष्ट्रारर्ड कार्यलयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड बाट धितोपत्र दलाल ब्यवसायीको इजाजत प्राप्त गरी नेपाल स्टक एक्चेञ्ज लि.को कारोबार प्रथम पक्ष रहेको ............................. ठेगनामा ......................... ंं ....... रजिष्ट्रारर्ड कार्यालय रहेको मेसर्स्.................................. ..... लि. (यहाँ उप्रान्त प्रथम पक्ष भनिने)
र
अर्को पक्षको रुपमा प्रथम पक्षका दोस्रो पक्षभई धितोपत्रको अनलाईन कारोबार गर्न÷सुबिधा प्रयोग गर्ने दोस्रो पक्ष, संकेत नं (युनिक क्लाईण्ट कोड) .... .....................रहेको/रहेकी ....... ............. .......... ...... स्थायी ठेगना भई हाल ................. ........ ......... स्थानमा बसोबास गर्ने श्री/श्रीमती ........ .............................को. नाती÷नातीनी÷बुहारी, श्री÷श्रीमती ........................... ................. .को छोरा÷छोरी बर्ष ..... को श्री÷सुश्री÷श्रीमती ...... ........ ....... ...........
वा
दोस्रो पक्ष संकेत नं (युनिक क्लाईण्ट कोड) ............रहेको ....... ........ ......... ....... कार्यलयमा दर्ता भई रजिष्ट्रर्ड कार्यालय .................... मा भएको मेसर्स .......... ..... ......... ....... ....... ............ ले (यहाँ उप्रान्त दोस्रो पक्ष भनिने र सो शब्दले विषय वा प्रसंगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारीहरु र/वा कानुनी प्रतिनिधिहरु र/वा कार्यान्वयनकर्ताहरु र÷वा अनुमति प्राप्त नामाङ्कित व्यक्तिहरु र/वा प्रशासकहरु र/वा व्यापारिक उत्तराधिकारीहरु समेत लाई जनाउने), बीच सम्पन्न भएको छ ।
१. यस सम्झौताका पक्षहरु धितोपत्र ऐन, धितोपत्र संग सम्बन्धि नियम कानुनका व्यवस्था, नेपाल धितोपत्रवोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि.ले समय समयमा जारी गरेका कारोवार र सो को राफसाफसंग सम्वन्धीत नियम, विनियम, कार्यबिधि, परिपत्र, निर्देशन र रकमको राफसाफका सम्बन्धमा नेपाल राष्ट्र बैक तथा नेपाल क्लियरिङ्ग हाउस लि. ले जारी गरेका सम्बन्धित नियम कानूनहरु समेतलाई यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको हिस्साको रुपमा पालना गर्न सहमत छौ ।
२. दोस्रो पक्षले यस सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथम पक्षलाई दिएको सुचना, दोस्रो पक्षको ग्राहक परिचय बिबरण (KYC) मा भरेको विवरणमा कुनै फेरवदल भए, फेरबदल भएको ७ कार्य दिन भित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरु अध्यावधिक गराउनु पर्नेछ ।
३. यस सम्झौता हुदाका वखत दोस्रो पक्षले कर्जा सुचना केन्द्रको कालो सुचिमा नरहेएको प्रमाणीत हुने निश्शा प्रथम पक्ष लाई बुझाउनु पर्नेछ । दोस्रो पक्ष कुनै कारण बस कालो सुचिमा परेमा दोस्रो पक्ष आफैले सो को जानकारी प्रथम पक्षलाई तुरुन्त दिनुपर्ने छ ।
४ यस सम्झौता पश्चात दोस्रो पक्ष कुनै न्यायीक निकायको कारवाहिमा परेमा, आर्थिक रुपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा अन्य कुनै कारणले आर्थिक अवस्थामा नकरात्मक परिवर्तन भएमा प्रथम पक्षलाई तुरुन्त जानकारी दिने दास्रो पक्षको दायित्व हुनेछ ।
५. दोस्रो पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक परिचय बिबरण (KYC) मा उल्लेख भएको इमेल ठेगना वा मोवाईल न. मा दोस्रो पक्षले प्रयोग गर्ने Username तथा Password प्रथम पक्षले उपलव्ध गराउने छ । प्रथम पक्षले उपलब्ध गराएको वा सो पश्चात दास्रो पक्षले परिर्वतन गरेको Username तथा Passwordको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व दोस्रो पक्षको हुनेछ ।
६. दोस्रो पक्षलाई दिएको Username वाट भए गरेको सम्पुर्ण कारोवारहरुको दायित्व बहन गर्ने तथा सो को समयमा राफसाफ गर्ने जिम्मेवारी दोस्रो पक्ष स्वयंको हुनेछ ।
७. दोस्रो पक्षले आफ्नो Username वाट कारोवार गर्दा वा प्रथम पक्षले दास्रो पक्षकोको लागि प्रणाली मार्फत कारोबार गर्ने क्रममा प्रणालीमा कुनैपनी सम्मस्या आई सो का कारणले दोस्रो पक्षको लागि सृजना हुने दायित्व वा दोस्रो पक्षको सम्पतिमा कुनै हानी नोक्सानी भएमा सो को जिम्मेवारी दोस्रो पक्ष स्वयंले लिनु पर्नेछ ।
८. दोस्रो पक्षले तोकिएको Username प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई बिक्रि भएका धितोपत्रहरुको निर्देशन पूर्जी जारी गर्नु पर्ने दायित्व दोस्रो पक्षको हुनेछ । यसरी बिक्रि भएको धितोपत्रको हस्तान्तरण दोस्रो पक्षले राफसाफ पूर्व प्रथम पक्षको राफसाफ खातामा गर्न नसकी उक्त धितोपत्रको राफसाफ हुन नसकेकमा सो बाट सृजित सम्पूण दायित्व दोस्रो पक्षले बहन गर्न मञ्जुर गर्दछ ।
साथै प्रथम पक्षले यसै सम्झौताको आधारमा दोस्रो पक्षहरुको हितग्राहि खाता संचालन भएको निक्षेप सदस्य सामू अनुरोध गरी उक्त निक्षेप सदस्यले प्रथम पक्षको अनुरोधलाई स्वीकार गरेमा राफसाफको लागि आवश्यक धितोपत्र राफसाफको समय अगाडी नै धितोपत्र राफसाफ खातामा सार्न सक्ने छ ।
९. दोस्रो पक्षले धितोपत्र विक्री गरीसकेपछी सो धितोपत्रको आधार मुल्य प्रथम पक्षलाई राफसाफको समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ । आधार मुल्य समयमा उपलव्ध नगराएमा वा फर्जि वा गलत आधार मूल्यका कारण राफसाफ प्रणालीले स्वीकार नगर्ने आधार मूल्य उपलब्ध गराएका कारणवाट उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्च वा हानी नोक्सानी दोस्रो पक्ष स्वयंले व्यहोर्नु पर्नेछ ।
१०. दोस्रो पक्षले बिक्रि गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तर तथा अन्य प्रणालीगत शुल्कहरु कट्टा गरी बाँकि रहेको रकम मात्र प्रथम पक्षले दोस्रो पक्षलाई भुक्तानी गर्नेछ ।
११. ग्रहाकले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकेको कारोबार लिमिटको सिमा भित्र रहि गर्नु पर्नेछ । दोस्रो पक्षले प्रथम पक्षलाई अग्रिम रुपमा बुझाएको रकमको .... गुण सम्मको कारोबार सिमा प्राप्त गर्न सक्नेछ । उक्त कारोबार सिमा दोस्रो पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी प्राप्त गर्न सक्ने छैन् । यस्तो कारोबार सिमाका लागि दोस्रो पक्षले प्रथम पक्षलाई चेक मार्फत रकम उपलब्ध गराउनु पर्नेछ । प्रथम पक्षको अनुकुलतामा दुवै पक्षको आपसि सहमतीमा दोस्रो पक्षले प्रथम पक्षलाई यस्तो कारोबार सिमाको लागि आवश्यक अग्रिम भुक्तानी वैकं ग्यारेन्टी तथा कारोवार योग्य धितोपत्रहरुको माध्यम बाट पनि गर्न सक्ने छ । सिमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्यांकन बजार मुल्यको ...... प्रतिशत हुनेछ । साथै धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमालाई मध्यनजर गरि प्रथम पक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको कारोबार सिमा फेरबदल गर्ने सम्पूर्ण अधिकार प्रथम पक्षमा रहनेछ ।
१२. खरीद कारोवार पछी वाँकि रहेको रकम खरिद विल वमोजिम दोस्रो पक्षले राफसाफ को १ दिन अगाडी सम्ममा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउदा अग्रिम भुक्तानी रकममा उपलब्ध गराएको भएको सो रकम समायोजन गर्ने सुविधा दास्रो पक्षलाई हुनेछ ।
१३. दोस्रो पक्षले खरीद गरेको रकम राफसाफ समय सम्ममा प्रथम पक्षको खातामा भुक्तानी नगरेमा प्रथम पक्षले आफ्नो वा स्रोत जुटाई राफसाफ गरे पश्चात आफ्लाई अनुकुलहुने समय सम्म दोस्रो पक्षको कारोबारको राफसाफको लागि प्रयोग भएको रकममा आफ्नो लागतको सोधभर्ना लिन सक्ने गरि भुक्तानी गर्ने समयावधी उपलब्ध गराउन सक्नेछ । यस्तो समयाबधी उपलब्ध गराउन नसक्ने भएमा तुरुन्त वा समयावधी उपलब्ध गराएको तर उक्त अवधि भित्रै प्रथम पक्षलाई स्रोत जोहो गर्न गाहे परेमा राफसाफ गरे पश्चातको कुनै पनि समयमा उक्त धितोपत्रहरुको बिक्रि गरि आफ्नो रकम, सो को लागत बापतको सोधभर्ना र घाटा रकम असुल उपर गरि लिनेछ । दोस्रो पक्षको धितोपत्रको विक्रि बाट आएको रकमले प्रथम पक्षको लेना असुल उपर हुन नसक्ने भएमा दोस्रो पक्षको अन्य कारोबार वा घरघरनाबाट प्रथम पक्षले आफ्नो लेना असुल उपर गरि लिन सक्नेछ । यदि दोस्रोपक्षको धितोपत्र विक्रि गरि प्रथम पक्षको लेना रकम असुलउपर गरि रकम बाँकी रहेमा पहिले दोस्रो पक्षको अग्रिम भुक्तानी सम्मको रकम दोस्रो पक्षलाई फिर्ता गरि थप रकम बाँकि रहन आएमा नियमनकारी निकायले तोकिदिए बमोजिम हुनेछ ।
१४. ग्रहाकले खरीद गरेको धितोपत्र खरिदबाट सृजीत दायित्वहरु पुराभएपछी वा कारोवारको राफसाफको दिन मध्ये जुन पछी हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथमम पक्षले धितोपत्र हस्तान्त्रण गर्नु पर्नेछ ।
१५. दोस्रो पक्षको नामवाट कारोवार भए पश्चात दोस्रो पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मगज विग्रीएमा वा अन्य कुनै कारणवाट दोस्रो पक्षको नामवाट भएका कारोवारको राफसाफ हुन नसक्ने स्थिती सृजना भएमा उक्त कारोवारको राफसाफको जिम्मेवारी निज वा निजको कानुनी उत्तराधिकारीको हुनेछ । कानुनी उत्तराधिकारीवाट पनि राफसाफ हुन नसकेमा नेपाल बिद्ययमान कानून बमोजिम हुनेछ ।
१६. नेपाल स्टक एक्सचेन्ज लगायतका नियामक निकायवाट भैसकेको कारोवारहरु रद्व गरेमा वा रद्व गर्ने आदेश प्राप्त भएमा सो कारोवारहरु स्वत रद्व हुनेछन । सोको कारणवाट निश्कने परिणाम तथा दायित्चको बहन दोस्रो पक्षले गर्नु पर्नेछ ।
१८. प्रथम पक्षको कावु वाहिरको परिस्थितीको कारणवाट उत्पन्न हुने कुनै पनि परिस्थितीवाट सृजीत दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
१९. दोस्रो पक्षले ले आफ्नो कारोवारको निम्ति आदेश दिन लिखित मञ्जुरीमा दिई प्रतिनिधि नियुक्ति गर्न सक्ने छ सो प्रतिनिधिवाट भएका सम्पुर्ण कारोवार हरु निज दोस्रो पक्षले नै गरेसरह मान्य हुनेछ ।
२०. धितोपत्रमा गरीने लगानी मा जोखिम हुन्छ भन्ने कुरामा दोस्रो पक्ष जानकार छ । सो जोखिमबाट सृजीत हुने हानी नोक्सानी दोस्रो पक्ष आफैले ब्होनुपर्नेछ ।
२१. दोस्रो पक्षले निम्न लिखित माध्यमवाट कारोवार आदेश दिन सक्ने छ ।
क. फोन नं....................................................
ख.मोवाईल नं ....................................................
ग. ईमेल ......................................................
ङ. दोस्रो पक्षको यूजरनेम......................................
च. प्रथम पक्षको ध्भदकष्तभ ..........................
घ. अन्य बिद्युतीय माध्यम ............................................
प्रथम पक्षले माथीका माध्याम बाट आएका आदेश हरुलाई मात्र वैधानिक मान्यता दिई प्रार्थमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्ट गर्नेछ ।
२२. दोस्रो पक्षको मार्जिन कारोवारको सुविधाहरु उपयोग गर्ने भएमा सो सम्बन्धी सर्त तथा सुविधाहरु नियामक निकायवाट जारी हुने नियम, विनियम , निर्देशन, कार्यविधी वमोजिम हुनेछ ।
२४. दोस्रो पक्षले धितोपत्र कारोवार गर्दा उक्त धितोपत्र कारोवार गर्न प्रचलित कानुन वमोजिम आफु योग्य रहेको नरहेको र सो धितोपत्रमा आफुले कानुन वमोजिम धारण गर्न सक्ने सिमा भित्र रहि खरीद आदेश प्रविष्ट गर्नु पर्ने छ । सो नगरेबाट सृजीत परिणाम तथा दायित्व दोस्रो पक्ष स्वयंले नै ब्यर्होने छ।
२५. एकै पटक वा पटका पटक गरी दैनिक रु १० लाख भन्दा वढी कारोवार गर्ने भएमा दोस्रो पक्षले आफुले धितोपत्रमा गरीने लगानीको श्रोतको जानकारी कारोबार राफसाफ समयाबधी भित्र प्रथम पक्षलाई गराउनु पर्ने छ । साथै दोस्रो पक्षले प्रचलित कानुन वमोजिम अवैधानिक नठहरीने रकमहरु मात्र धितोपत्रमा लगानी गर्नुपर्ने छ ।
२७. पक्षहरुको बिच आपसि सहमतीमा एक महिनाको अग्रिम सुचना दिई यो सम्झौता रद्द गर्न सकिनेछ । सम्झौता रद्द गर्नु पूर्व पक्षहरुले आफ्नो दायित्व पुरा गरेको हुनु पर्नेछ ।
२८. यस सम्झौताअनुसार दिइने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार तोकिएको माध्यमबाट प्रापकको हालसालको ठेगाना पठाए पश्चात पक्षले जानकारी पाए सो सरह मानिने छ ।
२९. पक्षहरुका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताहरुको समाधान सकेसम्म आपसी सहमतीमा निराकरण गरिनेछ । आपसी सहमतीबाट समाधान गर्न नसकेकमा नियमनकारी निकायले तेके बमोजिम हुनेछ ।
३०. यो सम्झौता प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुने छ ।
सम्झौताका प्रथम पक्ष सम्झौताका दोस्रो पक्ष
प्रथम पक्षको तर्फबा६ अधिकार प्राप्त दोस्रो पक्षको तर्फबाट अधिकार प्राप्त
व्यक्तीको नाम : व्यक्तीको नाम :
दस्तखत : दस्तखत :
कम्पनीको छाप : कम्पनीको छाप :
साक्षी साक्षी
१. .......................... १. ..........................
ईति सम्वत ............................. साल .......................... महिना ........................ गते रोज शुभम् ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५ १५:४३