नेपाल दूरसञ्चार प्रधिकरण, विद्युत् प्रधिकरण, काठमाडौं महानगरपालिका र इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपालको समन्वयमा तार व्यवस्थापन अभियान सुरु भएको हो । अभियानलाई तीव्र रुपमा अघि बढाउन चारओटै निकायको दाबी छ ।  सेवाप्रदायकले नयाँ तार थपे पनि पुराना तार नहटाउँदा आकस्मिक दुर्घटना र जोखिम निम्तिएकाले अव्यवस्थित तार हटाउने अभियान अघि बढाइएको कुवरको भनाइ छ । लामो समयसम्म विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा अन्य निकायहरुलाई तार हटाउन भने पनि अटेरी गरेपछि महानगर स्वयंमले तार हटाउन लागेकाे कुँवरले बताए । तार व्यवस्थापनका लागि महानगरले इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान) नेपाललाई जिम्मेवारी तोकेको छ ।