सन् २०१५ मा हामीले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई त्यस वर्षको वार्षिक मूल्याङ्कनमा एसियाका ठूला विजेताका रूपमा चुनेका थियौं, त्यो विवादरहित थिएन । भारी मतले जितेर हाम्रो सूचीमा सबैभन्दा माथि रहेका दुतेर्तेले पछि देशको परिस्थिति (राम्रो वा खराब) देश–विदेशमा पुनर्विचार तथा पुनर्निर्माण गर्दैै गए । यदि एसियामा कहीँ कतै ‘सेन्सरसिप’ भएन भने यस वर्षको छनोटमा पनि विवाद नहुन सक्छ ।
चीनका राष्ट्रपति सी चिनफिङका लागि २०१८ एउटा यस्तो वर्ष हुन सक्छ, जुन सजिलै बिर्सिइनेछैन । यस्तै जापान तथा इन्डोनेसियामा पनि भयो, जहाँ हजारौं जनाले आजीविका खोज्दै हिँडे, यदि त्यसो नभए पनि बाढी, पहिरो, भूकम्प अथवा सुनामीबाट प्रभावित भए । तर, २०१८ दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिक गेमदेखि पानीले भरिएको थाई गुफामा फसेका युवा फुटबल टिमको उद्धार कार्यले दक्षिणपूर्व एसियाका केही भाग विश्वको ध्यान आकृष्ट गर्ने वर्षका रुपमा अघि आयो ।
२०१९ को सुरुवातसँगै अनिश्चितता पनि जारी छ । उत्तर कोरियाको मिसाइल परीक्षणमा एउटा विराम लागेको छ । र अहिलेका लागि अमेरिका–चीन तनाव बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सम्बन्धलाई पुनः नयाँ रुप दिने तथा अनुचित चिनियाँ व्यापार प्रणालीलाई बन्द गर्न चाहेका छन् । ‘एसिया–प्रशान्त’ भन्ने वाक्यांश पनि निश्चित रूपले बाहिर पर्यो । यसले शायद ‘एसियाको धुरी’ भनिने ओबामा प्रशासनको वाक्यांशको निकै धुमिल सम्झना दिन्छ । ‘इन्डो–प्यासिफिक’ वाक्यांशद्वारा प्रतिस्थापित राष्ट्रपति ट्रम्पको आफ्नो विवादास्पद शैलीलाई २०१८ मा विश्वको सबैभन्दा ठूलो महाद्वीप एसियाका लागि विघटनकारी शैलीको कूटनीतिमा ल्याए ।
त्यसो भए एसियामा २०१८ मा को माथि र को तल रह्यो ? यहाँ वर्ष २०१८ मा एसियाका विजेता तथा पराजित व्यक्तिहरुको हाम्रो वार्षिक मूल्याङ्कन दिएका छौं :
शक्ति त्यो होइन जुन प्रयोग भइरहेको छ
एउटा वर्षले धेरै अन्तर ल्याउँछ । यस दशकका सबैभन्दा शक्तिशाली राष्ट्रपतिका रुपमा चीनका सी चिनफिङ स्थापित भए । उनले उत्तर कोरियाका नेता किम जोङ उनसँगै सर्वश्रेष्ठ वर्षका रुपमा २०१७ लाई मनाए । ‘सहरमा यो नयाँ माओ’ हुन सक्ने समाचारका रुपमा यो वर्ष त्यति राम्रो रहेन । किनकि देश तथा विदेशमा सीको शासनकालमा धेरै चुनौती बढे । तर, चिनियाँ अर्थव्यवस्था सुस्त गतिले भए पनि अघि बढिरहेको छ ।
वर्षको प्रारम्भले ६५ वर्षीय नेतालाई संवैधानिक चुनौतीबाट बाहिर आएको देख्यो, जसले उनलाई आजीवन राष्ट्रपतिका रूपमा सेवा गर्ने योग्यता प्रदान ग¥यो । सी स्वयम्को दर्शनलाई चीनको संविधानमा पनि समावेश गर्दै ‘नयाँ युगका लागि सी चिनफिङको विचार, चिनियाँ विशेषतासहितको समाजवाद’ नयाँ सिद्धान्त प्रतिपादन गरियो ।
तर वर्षको अन्त्यमा, ‘चीनलाई फेरि महान् बनाउने’ अभियानमा सीको प्रयास अनिश्चित रह्यो । किनकि ट्रम्पको गैरपरम्परागत खेलले नयाँ चुनौती थप्यो । २ खर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार वृद्धि हुँदै यूएस–चाइना भन्सार युद्धको ९० दिने विश्राम आउँदो मार्च १ मा सकिनेछ । साथै, प्रमुख आर्थिक अधिकृत (सीएफओ) एवम् चीनको सबैभन्दा शक्तिशाली टेक कम्पनी हुवावेका संस्थापककी छोरीलाई सम्भावित अमेरिका प्रत्यर्पणका लागि क्यानडामा पक्राउ गरियो ।
यी अस्थायी विध्न वाधा भए पनि वर्ष २०१९ अझै राम्रो वर्ष हुन सक्छ । तर, चीनका सबैभन्दा शक्तिशाली व्यक्तिको भागमा २०१८ ‘एसियामा सबैभन्दा खराब वर्ष’को पगरी परेको छ ।
खराब स्थिति झन् खराब बन्यो
एउटा सत्य भनिरहँदा कि एसियाका अधिकांश भागमा पत्रकारहरुका लागि सधैं व्यावसायिक खतरा भइरहन्छ, फिलिपिन्समा त यो भयावह प्रतीत हुन्छ । पूरै क्षेत्रमा प्रेस स्वतन्त्रताको स्थान कहिल्यै उँभो गएन, चीन तथा टर्की पत्रकारलाई नियमित रुपले जेल हाल्ने शीर्षस्थानमा रहे ।
दुर्भाग्यले, यो वर्ष क्षेत्रिय सरकारद्वारा यस क्षेत्रको वास्तविकताबारे रिपोर्टिङ गर्ने पत्रकारलाई चुप गराउनका लागि गरिने कारबाहीमा वृद्धि देखियो । म्यान्मारमा रोहिङ्ग्या मुसलमानहरुको नरसंहारबारे रिपोर्टिङ गर्दा देशको गोपनीयता ऐन उल्लङ्घन गरेको भन्दै समाचार संस्था रोयटर्सका संवाददाता वा लोन तथा क्याओ सोए ऊलाई ७ वर्ष कैदको सजाय सुनाइएको थियो । कम्बोडियामा कर चोरी गरेको अभियोग लगाएर त्यहाँको अङ्ग्रेजी दैनिक समाचारपत्र ‘कम्बोडिया डेली’ बन्द गरियो, जसले ‘असुरक्षाको संस्कृति’लाई उजागर गर्छ ।
त्यही रणनीतिको प्रयोग फिलिपिन्समा सोसल न्युज नेटवर्क रैपलरकी प्रमुख मारिया रेसाका विरुद्ध गरियो, जसले राष्ट्रपति डुतेर्ते प्रशासनका कैयौं गम्भीर मुद्दा चित्रण गरेकी छन् । रेसा, वा लोन तथा क्याओ सोए ऊ ती चार जनामध्ये थिए, जुन पत्रकारहरुको एउटा समूहलाई आफ्नो भूमिका ‘सत्यका संरक्षक’ मानेर टाइम पत्रिकाको ‘वर्षका व्यक्ति’का रुपमा नामाङ्कन गरिएको थियो । बङ्ग्लादेशमा फोटो पत्रकार शाहिदुल आलमलाई देशका प्रधानमन्त्रीको आलोचना गरेबापत जेल हालिएको थियो । चीनले पुरस्कार विजेता चिनियाँ फोटोग्राफर लु गुआङलाई पक्राउ गरेको छ, जसका तस्बिरहरु चीनको विकासमा असमानताहरुको दस्तावेज हुन् ।
यी घटनाहरुले त्यो आत्मसेन्सरसिपलाई पनि छुँदैनन्, जुन एसियामा पत्रकारहरुलाई जनताका लागि आधारभूत सूचना दिनका लागि राम्रो अभ्यास गराउन सक्छन् । यहाँसम्म कि एक पटक फ्री–व्हिलिङ हङकङले फ्री प्रेसलाई एउटा गज्जब सूचना पठाएको थियो, जब फाइनान्सियल टाइम्सका समाचार सम्पादक भिक्टर मैलेटलाई उनको वर्क भिसा नवीकरण गर्नबाट वञ्चित गरिएको थियो । त्यसपछि एउटा विवादास्पद विदेशी संवाददाता क्लबको अध्यक्षताको हैसियतले पनि उनलाई एक पर्यटकका रूपमा जानसमेत रोकिएको थियो । बिना डर तथा सहयोगबिना समाचार रिपोर्टिङ गर्नु बहुत कठिन छ ।
प्रशान्त क्षेत्रका दुवैतिर अनिश्चितता
बर्सौंसम्म, विश्व व्यापारको कथा अमेरिकामा सरकार एवम् व्यावसायिक नेताहरुका रुपमा निर्णयात्मक तथा समान रुपले सकारात्मक देखिन्थ्यो भने यता एसियाका सबैभन्दा ठूला व्यापारिक देशहरुमा लगातार बढ्दो सङ्ख्यामा केन्द्रित थियो । यूएस डिपार्टमेन्ट अफ कमर्सको आकडाअनुसार २०१७ मा एसियामा सामान निर्यात कुल ४ सय ९० अर्ब डलर थियो । २०१८ मा पनि यसकै हाराहारीमा पुग्ने सम्भावना छ । सेवा निर्यातको कुरा गर्ने हो भने अमेरिका पनि एउटा पावरहाउस बनेर बसेको छ । यसमा बैङ्किङ, बिमा तथा प्राविधिक सेवा समावेश छन् ।
तर, २०१८ ले नयाँ व्याख्या तथा नयाँ सीमाशुल्क ल्यायो । किनकि ट्रम्पले ती व्यक्तिहरुमाथि नयाँ ध्यानाकर्षित बनाए जो वास्तवमै व्यापारबाट खत्तम भएका थिए । अमेरिकी राष्ट्रपतिले पुरानो विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का नियमतर्फ पनि ध्यान आकर्षित गरे र संरक्षणवादको आह्वान गरे । ट्रम्पले स्पष्ट भाषामा भनेका छन् कि अझै पनि व्यापार घाटामा वृद्धि भइरहेको छ, विशेषगरी चीनसँग । अमेरिका र चीनका साथसाथै अमेरिका र जापान – विश्वका तीन शीर्ष अर्थव्यवस्थाका बीच सीमाशुल्कको चेतावनीले दुर्घटना निम्त्याउन मलजल गरेको छ, जसले हामीले प्रत्याभूतिका लागि लिने विश्व आर्थिक तथा व्यापार सन्तुलनलाई नयाँ रुप दिँदै छ ।
यो अस्थिरताको एउटा सङ्केत त्यस्ता नाजुक आपूर्ति शृङ्खलाहरुको फेरि यात्रा गर्नु हो, जसले महाद्वीपहरुमा कटौती गर्छन् तथा क्यालिफोर्नियामा डिजाइन गरिएका र एसियामा निर्माण तथा एसेम्बल गरिएका स्मार्टफोनदेखि अमेरिकी किसानहरुले उत्पादन गरेका भटमाससम्म सबैथोक चीनमा बेच्छन् । हुन त, आपूर्ति शृङ्खला परिवर्तनका रुपमा अमेरिका तथा अन्यत्र जहाँसुकै पनि उपभोक्ताहरुले ‘मेड इन चाइना’लाई ‘मेड इन अमेरिका’ले प्रतिस्थापित गरेको पाएका छैनन् । बरु, ‘मेड इन भियतनाम’, ‘मेड इन थाईल्यान्ड’ अथवा दक्षिण–पूर्व एसियाका अरु कुनै मुलुकले प्रतिस्थापित गरेको देखेका छन् ।
शुभ वर्ष सिङ्गापुर
पहिलो पटक, एउटा सहर (जुन सहर देश बन्छ) हाम्रो र्याङ्किङको उच्चस्थानमा छ । तर त्यो देश सिंहको सहर हो । सिङ्गापुर वैश्विक चर्चाको शिखरमा रहिरह्यो तथा अमेरिकी टेलिभिजन एवम् फिल्मस्क्रिनमा यसरी देखापर्यो कि २०१८ भन्दा पहिला यसरी कहिल्यै देखिएको थिएन ।
पहिला यो सबै शिखर सम्मेलन सम्पन्न गर्ने शिखरमा थियो । जुनमा सिङ्गापुरले राष्ट्रपति ट्रम्प तथा उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको पहिलो भेटका लागि अविस्मरणीय आतिथ्यता गर्यो । दुवै नेताले कोरियाली प्रायद्वीपलाई निसस्त्रीकरणमा चर्चा गर्नका लागि भेटवार्ता गरे, जसले गर्दा अहिले एक अर्काप्रति विभिन्न कटुवचन तथा टकरावका स्वर निस्किरहेका छन् । उक्त भेटवार्ता हेर्न तथा समाचार रिपोर्ट गर्न करिब २५ सय आधिकारिक समाचारसंस्था पुगेका थिए । त्यसबेला नोभेम्बरमा दुई प्रमुख क्षेत्रीय सभा भएका थिए, जब सिङ्गापुरले आसियान शिखर सम्मेलन तथा पूर्व एसियाली शिखर सम्मेलनको आतिथ्य गरेको थियो, जसमा उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पको स्थान लिएका थिए ।
यसैबीच, ब्लकबस्टर वार्नर ब्रदर्सको फिल्म ‘क्रेजी रिच एसियन्स’ रिलिज भएको थियो । फिल्मले एसियन तथा क्रिस एक्विनोसहित एसियन–अमेरिकन कलाकारलाई हलिउडको पर्दामा उतार्ने मात्र गरेन अपितु अमेरिकी तथा विश्वभरिका दर्शकलाई चकित पार्यो । सिङ्गापुरको दृश्य तथा ध्वनि भरिएको सो फिल्मले अगस्टमा रिलिज भएदेखि बक्स अफिसमा लगभग २४० मिलियन अमेरिकी डलर कमाइ गर्यो ।
न्युयोर्क सहरभन्दा लगभग दुईतिहाइ क्षेत्रफल तथा ५.६ मिलियनभन्दा बढी सिङ्गापुरवासीको घर, सानो द्वीप सिङ्गापुर राष्ट्रका रूपमा पनि गर्व गर्नलायक छ । सन् २०१८ मा यहाँ विश्वको समृद्ध तथा व्यवस्थित सहरीकरणको दृष्टिकोण देख्न सकिन्छ ।
महाथिर बिन मोहम्मद – समयका लागि फर्केको बालक
आफू पुनः निर्वाचित हुँदा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन सबैभन्दा पाका ७३ वर्षका थिए । तर, मलेसियाका नयाँ नेतालाई हेर्दा त्यो उमेर केही होइन । ९२ वर्षको परिपक्व आयुमा महाथिर बिन मोहम्मद आफ्ना एक समयका शिष्य प्रधानमन्त्री नजिब रजाकलाई परास्त गर्न सेवानिवृत्तिबाट पुनः बाहिर आए । र, १५ वर्षपछि एक पटक फेरि मलेसियाको नेतृत्व गर्दै छन्, जुन लगभग ३२ मिलियन जनसङ्ख्यासहितको त्यस्तो राष्ट्र हो, जो दक्षिण–पूर्वी एसियाली मुलुक इन्डोनेसिया र थाइल्यान्डपछि यस क्षेत्रको तेस्रो सबैभन्दा धनी राष्ट्र हो ।
लोकतन्त्रको जितमा मलेसियालीहरुले भ्रष्टाचार, घोटाला तथा बढ्दो महँगीले आजित परेका बेला निरन्तरता एवम् परिवर्तनका लागि विश्वकै सबैभन्दा वृद्ध राजनीतिज्ञ महाथिरलाई देखे । अहिले नजिब १एमडीबी भनिने इस्टेट इन्भेस्टमेन्ट फन्डमा कथित रुपले चोरी गरेको अभियोगमा छन् । हुन त अमेरिकी फाइनान्सियल इन्स्टिच्युसन्सको माध्यमले नजिब, उनकी पत्नी तथा सहयोगीहरु मिलेर अपचलन गरिएको ४.५ बिलियन डलरको तुलनामा त्यो एउटा सानो हिस्सा हो ।
धेरैजसो अमेरिकी स्क्रिनमा मलेसिया देखिँदैन । तर, एउटा पुस्तकको अधारमा चलचित्र बनाउने अधिकारको कारणले अमेरिकीहरु मलेसियाबारे धेरै जान्नेसुन्ने मौका पाउनसक्लान् । ‘बिलियन डलर ह्वेलः द म्यान हू फुल्ड वाल स्ट्रिट, हलिउड एन्ड द वल्र्ड’ नामक पुस्तकले १एमडीबी घोटालाबारे विस्तृत विवरण उजागर गरेको छ । र यही पुस्तकको कथामा आधारित फिल्म एसके ग्लोबलले बनाउँदै छ, जसले ‘क्रेजी रिच एसियन्स’ बनाएको थियो ।
महाथिरलाई पुनः ल्याउनमा मलेसियाका मतदाताहरुले अमेरिकी जाँचकर्ताले भनेका ‘सबैभन्दा भ्रष्ट’ भन्ने आरोपमा डटेर लागे । तैपनि, पुनरागमन गरेका महाथिरका अगाडि धेरै चुनौती छन् । जसमध्ये आफ्नो मुलुकका सङ्संस्थाहरुमा पुनर्संरचना, वित्तीय क्षेत्रको सुधार तथा नयाँ नेतृत्वका लागि सहज मार्ग निर्माण प्रमुख हुन् जुन महाथिरभन्दा आधा उमेरका लागि पनि कठिन काम हो । यस क्षेत्रमा भएका कुनै पनि घटनाले महाथिरलाई कम आँक्न सक्दैन, त्यसैले हामी अहिलेका प्रधानमन्त्री महाथिरलाई ‘एसियामा सर्वश्रेष्ठ वर्ष’ भनेर घोषणा गरेका छौं, यस युगका लागि पुनरागमन गरेका बबुरा ।
चीन तथा भारतले राम्रैसँग समाचारका शीर्षस्थानमा तथा कल्पनामा स्थान बनाउन सक्थे । तर के विशाल इन्डोनेसिया (जनसङ्ख्याका हिसाबले विश्वको चौथो ठूलो देश) अथवा सानो टिमोर–लेस्टे (एसियाको सबैभन्दा नयाँ राष्ट्र) ले आउने वर्षहरुमा व्यवसाय तथा उपभोक्ताले दक्षिणपूर्व एसियाका राष्ट्रहरुमा तीव्र विकास भएको देख्न सक्लान् त ! र, एउटा राम्रो कुरा के भने, परस्पर तीव्रगतिमा जोडिएको विश्वमा एसियामा अवरोध आउन जारी छ ।
*एसियाली विकास बैङ्कका पूर्वअमेरिकी राजदूत कर्टिस एस चिन एडभाइजरी फर्म रिभरपिक ग्रुप, एलएलसीका प्रबन्ध निर्देशक हुन् । जोस बी कोलाजो दक्षिणपूर्व एसिया विश्लेषक तथा रिभरपिक ग्रुपका एसोसिएट हुन् ।
र्यापलर डटकममा प्रकाशित कर्टिस एस चीन तथा जोस बी कोलाजोको लेखको अनौपचारिक अनुवाद ।
क्यापिटल बिजनेस म्यागजिनबाट