नगरपालिकामा रहेका मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उपप्रमुख नकर्मीको भनाइ छ । रोग लागेको अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराउने भनिएको छ ।
दीर्घरोगबाट बचाउन नगरपालिकाकाले विशेष स्वास्थ्य नीति तथा कार्यक्रमसमेत अघि सारेको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम नौवटा वडामा सञ्चालन भइरहेको र अन्य वडामा पनि यो अभियानलाई निरन्तरता दिने उपप्रमुख नकर्मीले बताइन् । रासस